Choto Khabar Logo

लाओससँग हार्दै नेपालको एसियन कप छनोट यात्रा समाप्त

२०८२ चैत्र १८
लाओससँग हार्दै नेपालको एसियन कप छनोट यात्रा समाप्त
लाओससँगको हारपछि नेपालले एसियन कप छनोट यात्रा अन्त्य गरेको छ।
लाओससँग १–० ले पराजित हुँदै नेपालले एएफसी एसियन कप छनोट यात्रा टुंग्याएको छ। दोस्रो हाफमा आएको एक गोल नै निर्णायक बन्यो। समूह चरणमा नेपालले सबै खेलमा हार व्यहोरे पनि मलेसियाविरुद्ध प्रशासनिक निर्णयबाट ३ अंक पाएको थियो। समूह एफबाट भियतनाम छनोट हुँदा नेपाल तालिकाको पुछारमा रह्यो।

Tags:

#छोटोखबर #नेपालफुटबल #एएफसी #एसियनकप #लाओस #खेलकुद #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्