जनता नै देशका मालिक हुन्, जनताले जे चाह्यो त्यही हुन्छ : देउवा
२०८३ श्रावण २८

देउवाले जनता नै देशका मालिक भएको बताउँदै अदालतप्रति पूर्ण विश्वास रहेको र आफू लडिरहने बताएका छन्।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली जनता नै देशका मालिक भएको बताएका छन्। बिहीबार स्वदेश फर्किएपछि चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले जनताले जे चाह्यो त्यही हुने बताए। आफू र पत्नी आरजु राणा देउवाविरुद्धका मुद्दा तथा पक्राउ प्रयासप्रति असन्तुष्टि जनाउँदै देउवाले अदालतप्रति पूर्ण विश्वास रहेको बताए। उनले आफू आगामी दिनमा पनि राजनीतिक रूपमा लडिरहने बताए।
Tags:
#छोटोखबर #शेरबहादुरदेउवा #नेपालीकांग्रेस #जनता #अदालत #गणतन्त्र #आरजुराणा #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४