आइभरी कोस्टलाई हराउँदै जर्मनी विश्वकपको नकआउट चरणमा
२०८३ असार ७

डेनिज उन्डवको दुई गोलको मद्दतमा जर्मनीले आइभरी कोस्टलाई हराउँदै ६ अंकसहित विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ई’को खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। फ्रान्क केसिईको गोलबाट पछि परेको जर्मनीका लागि डेनिज उन्डवले ६८औँ मिनेटमा बराबरी गोल गरे। इन्जुरी समयको चौथो मिनेटमा उन्डवले दोस्रो गोल गर्दै जर्मनीलाई लगातार दोस्रो जित दिलाए।
Tags:
#छोटोखबर #फिफाविश्वकप२०२६ #जर्मनी #आइभरीकोस्ट #डेनिजउन्डव #फुटबल #विश्वकप #नकआउटचरण #खेलकुद #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्