नेप्सेमा २७ अंकको वृद्धि, कारोबार पनि उच्च
२०८३ जेठ ११

सेयर बजारमा उत्साह देखिँदा नेप्से र कारोबार रकम दुवै वैशाखयताकै उच्च स्तरमा पुगेका छन्।
सोमबार नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अधिकांश कम्पनीको मूल्य बढ्दा जलविद्युत् समूह सबैभन्दा धेरै उकालो लाग्यो। थ्रीस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक ९.०१ प्रतिशत बढ्दा बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै घटेको छ।
Tags:
#नेप्से #सेयरबजार #जलविद्युत् #कारोबार #नेपालस्टकएक्सचेञ्ज #लगानी #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

