रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने
२०८३ श्रावण २४

रास्वपाले नागरिकका गुनासा र सुझावलाई सरकार तथा नीति निर्माणसँग जोड्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री र नागरिकबीच प्रत्यक्ष संवाद गराउन आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनेछन्। साँझ नागरिकसँग प्रत्यक्ष संवादपछि मन्त्री, सांसद र केन्द्रीय सदस्यबीच नीतिगत छलफल गरिनेछ। नागरिकका गुनासा र सुझावलाई नीति निर्माणसँग जोड्ने लक्ष्य राखिएको छ।
Tags:
#छोटोखबर #रास्वपा #नागरिकनीतिरनेतृत्व #रवि लामिछाने #नागरिकसंवाद #नीतिनिर्माण #सरकार #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४