बजेटपछि सेयर बजारमा नकारात्मक प्रभाव, नेप्से २६.७२ अंकले घट्यो
२०८३ जेठ १८

पूँजीगत लाभकरसम्बन्धी बजेट व्यवस्थाप्रति लगानीकर्ताको असन्तुष्टिले नेप्से परिसूचक घटेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि खुलेको पहिलो कारोबार दिन नेप्से २६.७२ अंकले घटेर २७५५ मा पुगेको छ। पूँजीगत लाभकरसम्बन्धी नयाँ व्यवस्थाले लगानीकर्तामा अन्योल सिर्जना गरेपछि बजारमा नकारात्मक असर देखिएको हो। कारोबार रकम पनि घटेको छ। पुनर्बीमा र निर्जीवन बीमा समूह बढे भने अधिकांश क्षेत्रीय सूचकहरू ओरालो लागेका छन्।
Tags:
#सेयरबजार #नेप्से #बजेट२०८३_८४ #पूँजीगतलाभकर #लगानीकर्ता #अर्थतन्त्र #नेपालस्टकएक्सचेन्ज #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


