यूएईविरुद्ध नेपालको ब्याटिङ, जितको खोजीमा दुवै टोली
२०८३ बैशाख १२

यूएईले टस जितेर बलिङ रोजेपछि नेपालले महत्वपूर्ण खेलमा पहिले ब्याटिङ गर्दैछ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा यूएईले टस जितेर बलिङ रोजेपछि नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ थालेको छ। रोहित पौडेलको कप्तानीमा नेपाल र मोहम्मद वासिमको नेतृत्वमा यूएई मैदान उत्रिएका छन्। दुवै टोली अंकतालिकाको तल्लो स्थानमा रहेकाले शीर्ष ६ मा पुगेर एकदिवसीय मान्यता जोगाउन जित आवश्यक छ।
Tags:
#छोटोखबर #नेपालक्रिकेट #यूएई #लिग२ #त्रिकोणात्मकसिरिज #क्रिकेट #जितकोखोजी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
