आईपीएल उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स भिड्दै
२०८३ जेठ १७

आईपीएलको उपाधि जित्न आज बेंगलुरु र गुजरातबीच रोमाञ्चक फाइनल खेल हुँदैछ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच फाइनल प्रतिस्पर्धा हुँदैछ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा गुजरातलाई हराएर फाइनल पुगेको बेंगलुरु लगातार दोस्रो उपाधिको खोजीमा छ भने गुजरात दोस्रो क्वालिफायर जित्दै उपाधि भिडन्तमा पुगेको हो।
Tags:
#छोटोखबर #आईपीएल #रोयलच्यालेन्जर्सबेंगलुरु #गुजराटटाइटन्स #आईपीएलफाइनल #क्रिकेट #खेलकुद #उपाधिदौड #टीट्वान्टीक्रिकेट #क्रिकेटसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्