एमसीसी परियोजनाका लागि आगामी वर्ष २९ अर्बभन्दा बढी बजेट विनियोजन
२०८३ जेठ १८

सरकारले एमसीसी परियोजनाको कार्यान्वयन तीव्र बनाउन आगामी वर्ष २९ अर्ब ३४ करोड रुपैयाँ बजेट छुट्याएको छ।
सरकारले एमसीसी परियोजनाका लागि आगामी आर्थिक वर्ष २९ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थ मन्त्रालयका अनुसार ५ अर्ब ५५ करोड ७६ लाख नेपाल सरकारको स्रोतबाट र २३ अर्ब ७८ करोड ६८ लाख वैदेशिक अनुदानबाट खर्च गरिनेछ। चालु वर्षको तुलनामा बजेट उल्लेख्य रूपमा बढाइएको छ। अधिकांश रकम पूँजीगत खर्चमा केन्द्रित रहनेछ।
Tags:
#एमसीसी #एमसीएनेपाल #बजेट२०८३_८४ #पूर्वाधारविकास #वैदेशिकअनुदान #आर्थिकविकास #नेपालसरकार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


