सीईओ पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
२०८३ बैशाख ३१

सीईओ पाण्डेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै तत्काल रिहा गर्न अस्वीकार गरेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उनलाई किन रिहा गर्न नपर्ने हो भन्ने कारण पेश गर्न भनेको हो। स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नीले रिट दायर गरेकी थिइन्। सर्वोच्चले भने तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #बन्दीप्रत्यक्षीकरण #ज्योतिप्रकाशपाण्डे #नेपालइन्भेस्टमेन्टमेगाबैंक #सीआईबी #स्मार्टटेलिकम #नेपालसमाचार #कानुनीप्रक्रिया
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

