सरकारसँग समझदारीपछि हिन्दू सम्राट सेनाले आन्दोलन फिर्ता लियो
२०८३ श्रावण १७

सरकारसँग मौखिक समझदारी भएपछि हिन्दू सम्राट सेना नेपालले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच जनकपुरधाममा भएको वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। करिब डेढ घण्टाको छलफलमा संगठनले संशोधित १९ बुँदे माग सरकारलाई बुझाएको छ। मागप्रति सरकार सकारात्मक रहेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने मौखिक समझदारी भएको जनाइएको छ।
Tags:
#छोटोखबर #हिन्दूसम्राटसेना #गृहमन्त्री #समझदारी #आन्दोलनफिर्ता #जनकपुरधाम #वार्ता #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४