Choto Khabar Logo

गृहमन्त्री र स्वास्थ्यमन्त्री आज सुनसरी जाने

२०८३ श्रावण १४
गृहमन्त्री र स्वास्थ्यमन्त्री आज सुनसरी जाने
गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता आज सुनसरी पुगेर मृतकका परिवारसँग भेट गर्ने भएका छन्।
गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता बिहीबार सुनसरी जाने भएका छन्। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँगको भेटपछि उनीहरू देवानगञ्ज–३, कप्तानगञ्ज पुग्ने कार्यक्रम तय भएको हो। मन्त्रीहरूले झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र उपचारका क्रममा मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गरी समवेदना व्यक्त गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Tags:

#छोटोखबर #सुनसरी #देवानगञ्ज #गृहमन्त्री #स्वास्थ्यमन्त्री #बालेनशाह #नेपालसमाचार #ब्रेकिङ

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू