इन्धन महँगिँदा नेपालको आयात खर्च झन् बढ्यो
२०८३ जेठ ८

इन्धन मूल्यवृद्धि र डलर महँगिँदा नेपालको आयात खर्च तीव्र रूपमा बढेर व्यापार घाटा थप चर्किएको छ।
पश्चिम एसियाको तनाव, महँगिएको इन्धन र बलियो अमेरिकी डलरका कारण नेपालको वैदेशिक व्यापार प्रभावित भएको छ। चालु आवको १० महिनामा डिजेल र पेट्रोल आयातमै ३४ अर्ब रुपैयाँ बढी खर्च भएको छ। कुल आयात १६ खर्ब ९२ अर्ब पुगेको छ भने निर्यात २ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। स्मार्टफोन, सुन र सोयाबिन तेल आयात पनि उल्लेख्य बढेको छ।
Tags:
#वैदेशिकव्यापार #इन्धन #डलर #आयात #निर्यात #अर्थतन्त्र #नेपाल #भन्सारविभाग #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

