Choto Khabar Logo

निर्माण उद्योग संकटमा, मूल्य समायोजन गर्न महासंघको माग

२०८३ जेठ १४
निर्माण उद्योग संकटमा, मूल्य समायोजन गर्न महासंघको माग
महासंघले निर्माण उद्योग जोगाउन इन्धन र निर्माण सामग्रीको मूल्य समायोजन तत्काल गर्न सरकारसँग माग गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघले इन्धन र निर्माण सामग्रीको अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर संकटमा परेको जनाएको छ। निर्माण व्यवसायीहरूको मागप्रति ऐक्यवद्धता जनाउँदै महासंघले सरकारले तत्काल न्यायोचित मूल्य समायोजन गर्नुपर्ने माग गरेको हो। २० लाखभन्दा बढीलाई रोजगारी दिने र सरकारी पूँजीगत खर्चको ठूलो हिस्सा सम्हाल्ने निर्माण क्षेत्रको संकटले समग्र अर्थतन्त्रमा असर परेको महासंघको भनाइ छ।

Tags:

#छोटोखबर #निर्माणउद्योग #एफएनसीसीआई #मूल्यवृद्धि #अर्थतन्त्र #पूर्वाधारविकास #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू