Choto Khabar Logo

नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै लिग–२ मा पाँचौँ स्थानमा उक्लियो

२०८३ जेठ ४
नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै लिग–२ मा पाँचौँ स्थानमा उक्लियो
नेपालले स्कटल्याण्डलाई पराजित गर्दै आईसीसी लिग–२ मा पाँचौँ स्थान हासिल गरेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले शीर्ष स्थानको स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ। १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्‍यो। कप्तान रोहित पौडेल ७४ रनमा नटआउट रहे भने इशान पाण्डेले ५५ रन बनाए। ललित राजवंशीले ४ विकेट लिए। यो जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।

Tags:

#छोटोखबर #नेपालक्रिकेट #आईसीसीलिग२ #स्कटल्याण्ड #रोहितपौडेल #ललितराजवंशी #कीर्तिपुरक्रिकेट

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू