Choto Khabar Logo

एन्फा निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश

२०८२ माघ ४
एन्फा निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश
न्यायधिश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचन प्रक्रिया सम्बन्धी सम्पूर्ण काम कारबाही अन्तिम निर्णय नआउन्जेल यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।
उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। निर्वाचन प्रक्रिया सम्बन्धी काम कारबाही अन्तिम निर्णय नलागेसम्म यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो। विपक्षीहरूले १५ दिनभित्र लिखित जवाफ पेश गर्नुपर्नेछ।

Tags:

#एन्फा #फुटबल #निर्वाचन #उच्चअदालत #खेलकुद #अन्तरिमआदेश #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्