Choto Khabar Logo

११ महिनामा राजस्व संकलन लक्ष्यको ७३ प्रतिशत मात्र, अनुदान कमजोर

२०८३ असार २
११ महिनामा राजस्व संकलन लक्ष्यको ७३ प्रतिशत मात्र, अनुदान कमजोर
सरकारले ११ महिनामा कुल राजस्व लक्ष्यको करिब ७३ प्रतिशत मात्र संकलन गरेको छ भने अनुदानमा ठूलो कमी देखिएको छ।
चालु आर्थिक वर्षको ११ महिनामा सरकारले १० खर्ब ७९ अर्ब ६३ करोडभन्दा बढी राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ७३.०६ प्रतिशत हो। कर राजस्व ७४.०३ प्रतिशत र गैरकर राजस्व ६४.७३ प्रतिशत संकलन भएको छ। अनुदानतर्फ भने लक्ष्यको ४२.८२ प्रतिशत मात्र प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

Tags:

#छोटोखबर #राजस्व #अर्थतन्त्र #नेपालसरकार #महालेखा #करराजस्व #अनुदान #बजेट #आर्थिकवर्ष #वित्तीयविवरण

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू