टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सिधै प्रतिस्पर्धा गर्ने
२०८३ असार ३१
नेपालले एसिया क्षेत्रीय छनोट नखेली सिधै सन् २०२८ टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने भएको छ।
नेपालले सन् २०२८ टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ छनोट प्रक्रियाअनुसार टी–२० विश्वकप २०२६ खेले पनि स्वतः छनोट हुन नसकेका टोलीहरूलाई ग्लोबल छनोटमा स्थान दिइएको हो। क्षेत्रीय छनोटबाट आउने आठ टोलीसँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपमा स्थान बनाउन प्रयास गर्नेछ।
Tags:
#नेपालक्रिकेट #टी२०विश्वकप #आईसीसी #ग्लोबलछनोट #क्रिकेट #नेपालीटोली #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्