रवि लामिछाने प्रकरणमा उन्मुक्तिविरुद्ध जेनजीको कडा आपत्ति
२०८२ माघ १

संगठनले महान्यायाधिवक्तामाथि शक्तिको दुरुपयोग गर्दै गम्भीर अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरेको आरोप लगाएको छ।
जेनजी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने प्रयास आपत्तिजनक भएको जनाएको छ। महान्यायाधिवक्ताले शक्ति दुरुपयोग गरी गम्भीर अपराधमा संलग्नलाई संरक्षण गरेको आरोप लगाउँदै संगठनले तत्काल बर्खास्ती र कानुन सबैका लागि समान हुनुपर्ने माग गरेको छ।
Tags:
#छोटोखबर #जेनजीमुभमेन्ट #सहकारीठगी #रविलामिछाने #कानुनीराज #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



