फाल्गुन २१ को निर्वाचनमा पनि जिल्लाबाहिरबाट मतदान गर्न नपाइने
२०८२ पौष २५

निर्वाचन आयोगले निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकाले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न नपाउने भएका हुन्।
२१ फागुन हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले कानुनी र प्राविधिक कारण देखाउँदै अन्तर क्षेत्र/अन्तर जिल्ला मतदानको व्यवस्था नगरेको जनाएको छ। तर, अघिल्ला वर्षजस्तै अस्थायी मतदाता नामावली संकलन गरेर प्रहरी, कर्मचारी, कैदीबन्दी र ज्येष्ठ नागरिकलाई मतदानको सुविधा दिने व्यवस्था गरिएको छ।
Tags:
#छोटोखबर #निर्वाचन #मतदान #नेपाल #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


