एन्फा निर्वाचन विवादले नेपाली फुटबल संकटमा
२०८२ चैत्र ८

विश्व फुटबल संस्था फिफाको नीति अनुसार सरकारी हस्तक्षेप स्वीकार नहुने भए पनि एन्फाले ‘अर्ली इलेक्सन’ अघि बढाउने अडान लिएको छ, जसमा एएफसीको समर्थन रहेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)भित्रको निर्वाचन विवादले नेपाली फुटबलको भविष्य संकटमा पर्न सक्ने अवस्था सिर्जना गरेको छ। एन्फाले ‘अर्ली इलेक्सन’ अघि बढाउने अडान लिएको छ भने राखेपले पटक–पटक रोक्न निर्देशन दिइरहेको छ। तहगत निर्वाचन नगरी केन्द्रिय निर्वाचन अघि बढाउने प्रयासले वैधानिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रश्न उठाएको छ। विवादका कारण राष्ट्रिय लिग र महिला लिग स्थगित भएका छन्।
Tags:
#छोटोखबर #एन्फा #नेपालफुटबल #निर्वाचनविवाद #खेलकुद #राखेप #फुटबल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

एन्फालाई राखेपको २४ घण्टे स्पष्टीकरण
२०८२ चैत्र १०