Choto Khabar Logo

ऐरीको अर्धशतकमा नेपालद्वारा १३४ रनको लक्ष्य

२०८२ फाल्गुण ३
ऐरीको अर्धशतकमा नेपालद्वारा १३४ रनको लक्ष्य
सातौँ विकेटका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीबीच ५४ रनको महत्वपूर्ण साझेदारी भएपछि नेपाली टोलीको इनिङ्सले लय समातेको थियो।
दीपेन्द्र सिंह ऐरीको ५८ रनको अर्धशतकमा नेपालले आईसीसी टी–२० विश्वकपमा वेस्ट इन्डिज सामु १३४ रनको लक्ष्य दिएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। सोमपाल कामी २६ रनमा अविजित रहे भने जेसन होल्डरले ४ विकेट लिए। शीर्षक्रम असफल रहँदा ऐरी र सोमपालले महत्वपूर्ण साझेदारी गरेका थिए।

Tags:

#छोटोखबर #नेपालीक्रिकेट #विश्वकप #दीपेन्द्रसिंहऐरी #नेपाल #क्रिकेटसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्