बालसुधार गृह सुधार्न सरकारलाई निर्देशन, बिनु–निहारिकालाई गृहमन्त्रीसँग भेट गराउन आग्रह
२०८३ श्रावण ३

संसदीय समितिले बालसुधार गृह सुधार र अधिकारकर्मीलाई गृहमन्त्रीसँग भेट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले देशभरका बालसुधार गृहको भौतिक पूर्वाधार, क्षमता अभिवृद्धि, पोषण र मानवअधिकारको अवस्था सुधार्न सरकारलाई निर्देशन दिएको छ। समितिले बालबालिकालाई कैदीसरहको खाना होइन, पोषणयुक्त आहार उपलब्ध गराउन जोड दिएको छ। साथै अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्रीसँग भेट्ने वातावरण मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ।
Tags:
#बालसुधारगृह #संसदीयसमिति #मानवअधिकार #समीक्षाबास्कोटा #बिनुयादव #निहारिकाराजपुत #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४