Choto Khabar Logo

मलेसियालाई अयोग्य खेलाडी प्रयोगको सजाय, नेपाललाई फाइदा

२०८२ चैत्र ३
मलेसियालाई अयोग्य खेलाडी प्रयोगको सजाय, नेपाललाई फाइदा
एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामविरुद्धको खेलमा मलेसियाले अयोग्य खेलाडी खेलाएको ठहर गरेको हो ।
मलेसिया फुटबल संघले एएफसी एसियन कप २०२७ छनोटमा अयोग्य खेलाडी उतारेको ठहर भएको छ। डिसिप्लिनरी तथा इथिक्स कमिटीले नेपाल र भियतनामविरुद्धका खेलमा नियम उल्लंघन भएको जनाएको छ। नतिजा उल्टिँदै दुवै खेल ३–० ले नेपाल र भियतनामको पक्षमा गएको छ। यससँगै नेपालले पहिलो ३ अंक पाएको छ भने मलेसियालाई ५० हजार डलर जरिवाना गरिएको छ।

Tags:

#छोटोखबर #फुटबल #नेपाल #एएफसी #मलेसिया #खेलसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू