जेठमा ६१ हजार नेपाली वैदेशिक रोजगारीमा, मलेसिया पहिलो गन्तव्य
२०८३ असार २

जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जसमा मलेसिया प्रमुख गन्तव्य बनेको छ।
वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनामा ६१ हजार ७२ नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या वैशाखको तुलनामा १३ हजार ३५७ ले कम हो। सबैभन्दा धेरै ८ हजार १७९ जना मलेसिया गएका छन्। यूएई, कतार, साउदी अरब र रोमानिया पनि प्रमुख गन्तव्य बनेका छन्।
Tags:
#छोटोखबर #वैदेशिकरोजगारी #श्रमस्वीकृति #मलेसिया #यूएई #कतार #साउदीअरब #रोमानिया #रोजगारी #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


