Choto Khabar Logo

कांग्रेस इतर समूहको निर्णय : १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्ने

२०८३ श्रावण ३१
कांग्रेस इतर समूहको निर्णय : १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्ने
कांग्रेस इतर समूहले १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ। साउन २९ देखि ३१ गतेसम्म चलेको भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको हो। महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णय पनि भएको छ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #शेरबहादुरदेउवा #१५औँमहाधिवेशन #कांग्रेसभेला #संस्थापनइतर #कांग्रेसराजनीति #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू