नक्कली भुटानी शरणार्थी प्रकरणको सजाय निर्धारण सुनुवाइ ‘हेर्दाहेर्दै’मा, मंगलबार पुनः हुने
२०८३ असार २९

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरूको सजाय निर्धारणका लागि मंगलबार पुनः सुनुवाइ हुने भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १६ जनाको सजाय निर्धारणका लागि जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ भए पनि नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा मंगलबार पुनः सुनुवाइ हुनेछ। यसअघि अदालतले १६ जनालाई दोषी र सात जनालाई सफाइ दिएको थियो।
Tags:
#नक्कलीभुटानीशरणार्थी #जिल्लाअदालत #सजायनिर्धारण #न्यायपालिका #काठमाडौं #अदालत #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

