भारतीय सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
२०८३ भाद्र १

भारतीय सेनाध्यक्ष धिरज सेठलाई राष्ट्रपति पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई उक्त सम्मान प्रदान गरेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहँदै आएको छ।
Tags:
#छोटोखबर #धिरजसेठ #नेपालीसेना #भारतीयसेना #रामचन्द्रपौडेल #मानार्थमहारथी #नेपालभारतसम्बन्ध #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४