सुनसरी घटनाबारे संसद् सम्बोधन गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह
२०८३ श्रावण १३

सभामुख अर्यालले सुनसरी घटनाबारे संसद्मा सम्बोधन गर्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्।
सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सुनसरी घटनाबारे संसद्मा सम्बोधन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीसँगको भेटमा संसद्बाट सम्बोधन गर्दा सकारात्मक सन्देश जाने उनले बताएका हुन्। प्रधानमन्त्रीले यस विषयमा विचार गर्ने बताएका छन्। सभामुखले विभिन्न राजनीतिक दलका नेता तथा प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका छन्।
Tags:
#छोटोखबर #सभामुख #बालेनशाह #सुनसरी #संसद् #राजनीति #नेपालसमाचार #सद्भाव
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४