Choto Khabar Logo

नेपाली महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त

२०८२ पौष १
नेपाली महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्शल जयन्त पाठक नियुक्त।
नेपाल क्रिकेट संघले भारतीय प्रशिक्षक हर्शल जयन्त पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। उनी यसअघि थाइल्यान्ड महिला टोलीका मुख्य प्रशिक्षक थिए। हाल नेपाली टोली आइसिसी महिला टी–२० विश्व छनोटको तयारीमा बन्द प्रशिक्षणमा छ। छनोट जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा हुनेछ। यस प्रतियोगितामा १० देश सहभागी हुनेछन्। शीर्ष चार टोली २०२६ मा इङ्ल्यान्डमा हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन्।

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्