नेप्सेमा एक महिनापछि कारोबार रकम ६ अर्ब नाघ्यो
२०८३ जेठ १३

कारोबार रकम उल्लेख्य बढे पनि नेप्से सामान्य अंकले मात्रै उकालो लागेको छ।
सेयर बजारमा बुधबार ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ, जुन वैशाख १५ यताकै उच्च हो। नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२ बिन्दुमा पुगेको छ। १५१ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनी घटेका छन्। कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेको छ भने धेरै कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत् र रिडी पावर रहेका छन्।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #नेपालस्टकएक्सचेन्ज #लगानी #हाइड्रोपावर #शेयरलगानी #नेपालअर्थतन्त्र #कारोबार #शेयरबजारसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

