Choto Khabar Logo

बंगलादेशद्वारा टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय

२०८२ माघ ८
बंगलादेशद्वारा टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय
बंगलादेश अनुपस्थित हुँदा आईसीसीले स्कटल्याण्डलाई विश्वकपमा सहभागी गराउने सम्भावना बढेको छ।
बंगलादेश क्रिकेट बोर्डले आईसीसीसँगको असहमति कारण आगामी पुरुष टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय गरेको छ। बीसीबीले भारतमा खेल्दा खेलाडी र पदाधिकारी असुरक्षित हुने दाबी गरेको थियो। आईसीसीले खेल भारतमै गर्न अडान राखेपछि बंगलादेशले आफ्नो खेलहरू भारतबाट श्रीलंकामा सार्न अनुरोध गरेको थियो। नेपाल समूह ‘सी’ मा बंगलादेशसँगै छ।

Tags:

#छोटोखबर #टी२०विश्वकप #बंगलादेशक्रिकेट #नेपालक्रिकेट #क्रिकेटसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्