प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ९ प्रकारका सामग्री केन्द्रबाट पठाउने

admin admin
२०८२ माघ २५
प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ९ प्रकारका सामग्री केन्द्रबाट पठाउने
आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने सामग्रीमा तालिम र मतदान केन्द्रको सुरक्षाका लागि छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर समावेश रहेको उल्लेख गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाट पठाउने निर्णय गरेको छ। यी सामग्रीमा मतपेटिका, छेकाबारा, स्वस्तिक छाप, मसी र स्ट्याम्प प्याडजस्ता सामग्री रहेका छन्। ३७ प्रकारका सामग्री जिल्लामा व्यवस्थापन गरिनेछ जसमा सिलिङ बक्स, पुसपिन, डायरी र अन्य सामग्री समावेश छन्।

Tags:

#छोटोखबर #निर्वाचनसामग्री #प्रतिनिधिसभा #निर्वाचनआयोग #मतदान #निर्वाचन तयारी

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू