आईसीसी छनोटमा नेपालको लगातार दोश्रो हार, नेदरल्यान्ड्स दुई रनले विजयी
२०८२ माघ ८

यसअघि पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको नेपालले अब जनवरी २४ मा जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
आईसीसी महिला टी–२० विश्वकप छनोटमा नेपाली महिला टोलीले लगातार दोस्रो हार बेहोरेको छ। कीर्तिपुरमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भयो। १४१ रनको लक्ष्य पछ्याउँदै नेपालले २० ओभरमा १३८ रन मात्र बनायो। रुविना क्षेत्री र सीता रानामगरको प्रयास जितका लागि पर्याप्त भएन।
Tags:
#छोटोखबर #नेपालीमहिलाक्रिकेट #आईसीसीमहिलाटि२० #नेपालभर्ससनेदरल्यान्ड्स #महिलाक्रिकेट #नेपालक्रिकेट #क्रिकेटसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्