संसदमा ६ दललाई कार्यालय, चैत १२ मा शपथग्रहण
२०८२ चैत्र ५

सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी पनि गरेको छ।
संघीय संसद सचिवालयले प्रतिनिधि सभामा रहेका ६ राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ। दलको संख्या अनुसार कार्यालय बाँडफाँट गरिएको छ भने रास्वपालाई पूर्व नेकपाको कार्यालय दिइएको छ। साथै, नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते तय गरिएको छ, जसअघि ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ गराइनेछ।
Tags:
#छोटोखबर #संघीयसंसद #प्रतिनिधिसभा #नेपालराजनीति #शपथग्रहण #रास्वपा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



