सभामुख घिमिरे: प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना छ
२०८२ पौष २९
संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन् ।
विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका छन्। झापामा आयोजित कार्यक्रममा उनले संसद् जबरजस्त भंग गरेर संविधानलाई लिकबाहिर पुर्याइएको दाबी गरे। संविधानअनुसार फागुन ५ गतेसम्म आफू सभामुखकै जिम्मेवारीमा रहने उनको भनाइ छ।
Tags:
#छोटोखबर #सभामुख #प्रतिनिधिसभा #संसदविघटन #सर्वोच्चअदालत #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३