Choto Khabar Logo

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

२०८३ श्रावण २९
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
प्रा.डा. विवेक बराल काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्।
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। कुलपति एवं प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो। केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक बराल केयूमै अध्ययन गरी उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्। उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट पीएचडी गरेका छन्।

Tags:

#छोटोखबर #काठमाडौंविश्वविद्यालय #विवेकबराल #उपकुलपति #बालेनशाह #शिक्षा #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू