एकता भंगपछि रास्वपाद्वारा समानुपातिक बन्दसूची अध्यावधिक
२०८२ पौष २७

उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएसँगै आज आइतबार निर्वाचन आयोग पुगेर सूची अध्यावधिक गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची अध्यावधिक गरेको छ। उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि आइतबार निर्वाचन आयोग पुगेर सूची संशोधन गरिएको हो। एकता भंगसँगै उज्यालो नेपालको समानुपातिकतर्फ फागुन २१ को निर्वाचनमा उम्मेदवार नहुने भएको छ।
Tags:
#छोटोखबर #राष्ट्रियस्वतन्त्रपार्टी #रास्वपा #उज्यालोनेपाल #निर्वाचनसमाचार #समानुपातिक #राजनीतिसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


