आगामी बजेटका पाँच मार्गदर्शक सिद्धान्त सार्वजनिक
२०८३ जेठ १

सरकारले आगामी बजेटमा सुशासन, आर्थिक सुधार, पूर्वाधार र सामाजिक उन्नयनलाई मुख्य प्राथमिकता बनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत गरेका छन् । सरकारले सुशासन, अर्थतन्त्र पुनर्संरचना, पूर्वाधार विकास, सामाजिक उन्नयन र सौम्य शक्तिको सुदृढीकरणलाई बजेटको मुख्य आधार बनाएको छ । उत्पादनमुखी अर्थतन्त्र, डिजिटल सुशासन, रोजगार सिर्जना र मध्यम वर्ग विस्तारमार्फत आर्थिक सुधार अघि बढाइने सरकारको योजना छ ।
Tags:
#स्वर्णिमवाग्ले #बजेट२०८३ #अर्थतन्त्र #सुशासन #नेपालसरकार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

