रोमाञ्चक खेलमा नेपाल इङ्गल्यान्डसँग ४ रनले पराजित
२०८२ माघ २५

एक समय जितको नजिक पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तिम ओभरमा सम्हालिन नसक्दा आइसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा पराजित भएको हो।
नेपाल आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। इङ्गल्यान्डले १८५ रनको लक्ष्य दिएको थियो, नेपालले १८० रन बनायो। दीपेन्द्र सिंह ऐरीले ४४ रन बनाएका थिए, जबकि लोकेश बम र रोहित पौडेलले ३९–३९ रन योगदान दिए। इंग्ल्यान्डका जेकब वेथेल र ह्यारी ब्रूकले अर्धशतकीय पारी खेले।
Tags:
#छोटोखबर #नेपालक्रिकेट #इंग्ल्यान्डवर्सेसनेपाल #टी२०विश्वकप #नेपालवर्सेसइंग्ल्यान्ड #क्रिकेट
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्