प्रधानमन्त्री बालेन र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २५

प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच नेपाल–चीन सहकार्य र विकास साझेदारीबारे छलफल भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारी विस्तार गर्ने तथा आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् भने राजदूत माओमिङले सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Tags:
#छोटोखबर #बालेनशाह #चीन #नेपालचीनसम्बन्ध #कूटनीति #झाङमाओमिङ #सिंहदरबार #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४