बालेनको जेनजी प्रतिनिधिलाई एकताको आग्रह
२०८२ पौष १०

मेयर बालेन शाहले निरन्तर राजनीतिक संवादलाई तीव्र बनाउँदै आज रास्वपा सभापति रवि लामिछाने, अन्य दलका नेता तथा निवर्तमान सांसदसँग छलफल गर्नुका साथै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका छन्।
काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्। बिहीबार ललितपुरको कुपण्डोलमा भएको छलफलमा उनले सबै मिलेर आउन सुझाव दिए। जेनजी अभियन्ता योगेन्द्र भण्डारीका अनुसार बालेनले एकताबाटै अभियान बलियो हुने बताएका थिए। छलफलमा विभिन्न जेनजी प्रतिनिधि सहभागी थिए।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


