कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
२०८३ भाद्र ८

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा ५७ मतसहित विश्वासको मत प्राप्त गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। उनको पक्षमा ५७ र विपक्षमा २२ मत परेको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले पक्षमा मतदान गर्दा नेपाली कांग्रेसले विपक्षमा मतदान गरेको थियो। राप्रपा तटस्थ बसेको थियो भने जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बु अनुपस्थित थिइन्।
Tags:
#छोटोखबर #कोशीप्रदेश #हिक्मतकुमारकार्की #विश्वासकोमत #प्रदेशसभा #राजनीति #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४