सार्वजनिक बिदा पुनरावलोकन गर्न सरकारद्वारा कार्यदल गठन
२०८३ श्रावण ४
सार्वजनिक बिदाको पुनरावलोकनका लागि सरकारले १५ दिनभित्र प्रतिवेदन दिने कार्यदल गठन गरेको छ।
सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्। कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ।
Tags:
#छोटोखबर #सार्वजनिकबिदा #सरकार #कार्यदल #गृहमन्त्रालय #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४