Choto Khabar Logo

भारतमा नेपाली चिया निर्यातको अवरोध हट्यो

२०८३ जेठ ८
भारतमा नेपाली चिया निर्यातको अवरोध हट्यो
कूटनीतिक पहलपछि भारततर्फ नेपाली चिया निर्यात सहज बनेको छ भने विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार कार्य पनि जारी रहेको छ।
परराष्ट्र मन्त्रालयले कूटनीतिक पहलपछि भारतमा नेपाली चिया निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ। भारतीय टी बोर्डको निर्देशिका संशोधन भएपछि निकासी सहज भएको मन्त्रालयको भनाइ छ। साथै, ‘मोफा मित्र’ एप जेठ २२ गते सार्वजनिक गरिने भएको छ। म्यानमार र कम्बोडियास्थित अनलाइन स्क्यामिङ सेन्टरबाट हालसम्म ६ सय ८७ नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

Tags:

#नेपालीचिया #परराष्ट्रमन्त्रालय #भारत #निर्यात #कूटनीति #मोफामित्र #नेपाली #विदेशरोजगार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू