कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा ४५ सय प्रतिनिधि सहभागी हुने
२०८३ श्रावण २७
कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा देशभरबाट करिब ४५ सय प्रतिनिधि सहभागी हुने भएका छन्।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलामा करिब ४ हजार ५ सय प्रतिनिधि सहभागी हुने भएका छन्। डा. शशांक कोइराला नेतृत्वको समितिले भेलाको तयारी पूरा गरेको जनाएको छ। सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा साउन २९ गते दिउँसो १ बजे उद्घाटन हुने भेलाको दोस्रो दिन बन्दसत्र सञ्चालन गरिनेछ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #शशांककोइराला #कांग्रेसभेला #राष्ट्रियभेला #कांग्रेस #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४