नेप्से १७.९० अंकले उकालो, साप्ताहिक वृद्धि ५७ अंकभन्दा बढी
२०८३ श्रावण ८

शुक्रबार नेप्सेमा सुधारसँगै साताभरको बजार ५७ अंकभन्दा बढीले बढेर सकारात्मक लयमा बन्द भएको छ।
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से १७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ। ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा १५२ कम्पनीको सेयर मूल्य बढ्यो। इभरेष्ट कलर र आत्मनिर्भर लघुवित्त सर्वाधिक बढेका कम्पनी बने। यस साताभर नेप्से कुल ५७.०९ अंकले उकालो लागेको छ।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #पुँजीबजार #लगानी #अर्थतन्त्र #शेयरकारोबार #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्