Choto Khabar Logo

कोप–३१ का लागि प्रधानमन्त्री शाहलाई टर्कीबाट निमन्त्रणा

२०८३ श्रावण २७
कोप–३१ का लागि प्रधानमन्त्री शाहलाई टर्कीबाट निमन्त्रणा
कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपतिले निमन्त्रणा पठाएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका छन्। परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको जानकारी दिए। सम्मेलन नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुँदैछ। नेपालले सम्मेलनमा जलवायु न्याय, हानि–नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

Tags:

#छोटोखबर #कोप३१ #जलवायुशिखरसम्मेलन #जलवायुन्याय #नेपाल #टर्की #बालेनशाह #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू