कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चमा अध्ययनका लागि
२०८३ भाद्र ५

कांग्रेस महाधिवेशन रोक्न देउवाले दिएको रिटमाथि सर्वोच्च अदालतले सोमबार निर्णय गर्ने भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले पेस गरेको रिट सर्वोच्च अदालतले अध्ययनका लागि राखेको छ। विशेष महाधिवेशनको आधिकारिकता विवादमा पुनरवलोकनको अनुमति पाएपछि देउवा पक्षले महाधिवेशन प्रक्रिया रोक्न माग गरेको हो। सर्वोच्च प्रशासनका अनुसार शुक्रबार रिट अध्ययनका लागि राखिएको छ। बिदाका कारण यसबारे सोमबार मात्र निर्णय हुने प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन्।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #शेरबहादुरदेउवा #कांग्रेसमहाधिवेशन #१५औँमहाधिवेशन #सर्वोच्चअदालत #रिट #राजनीति #नेपालराजनीति #महाधिवेशन #कांग्रेसविवाद
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४