ओलीको स्थानहद फुकुवा
२०८२ पौष २१

आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएसँगै उनको स्थानहद फुकुवा गरिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
जेनजी आन्दोलन जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ। आयोगले बयान लिने प्रक्रिया पूरा भएपछि स्थानहदको औचित्य सकिएको जनाएको हो। यसअघि विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाइएको थियो। अन्य पूर्व अधिकारीहरूको स्थानहद यसअघि नै फुकुवा भइसकेको थियो।
Tags:
#जेनजीआन्दोलन #केपीशर्माओली #स्थानहदफुकुवा #नेपालीराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


